टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेडको १८ औं वार्षिक साधारणसभा सम्पन्न

  • कालिका खवर
  • आइतवार, भदौ २२, २०८२
  • भक्तपुर । टेनेक्स हाइड्रो होल्डिङ्ग लिमिटेड (साविक राइजिङ हाइड्रोपावर) को १८औं वार्षिक साधारणसभा आ.व. 2081/82 को लागि भक्तपुरस्थित होटल भादगाउँमा सम्पन्न भएको छ। कार्यक्रममा कम्पनीका सेयरधारकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सभाले आर्थिक प्रतिवेदन, अडिटरको प्रतिवेदन, नगद प्रवाह विवरण तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ। साथै, चालु आ.व. भित्र कम्पनीको प्राथमिक सेयर निष्कासन (IPO) गर्ने निर्णय गर्दै सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिएको छ।

    यस्तै, आगामी आ.व. 2082/83 का लागि अडिट कार्य पि. कुँवर एण्ड एशोसिएट्सलाई जिम्मा दिने निर्णय गरिएको छ। कम्पनीको सञ्चालनलाई अझ प्रभावकारी बनाउन तथा रणनीतिक योजनाअनुसार अघि बढाउन साधारणसभाले नयाँ सञ्चालक समिति चार वर्षका लागि चयन गरेको छ।

    नयाँ सञ्चालक समितिमा अध्यक्ष शंकर बहादुर घिमिरे, प्रबन्ध निर्देशक लिलामणि पाठक, सञ्चालकहरू अमिर केसी, डा. बौवालाल शाह र स्नेहा मास्के, साथै स्वतन्त्र सञ्चालकमा डा. विजय प्रकाश सैजु चयन भएका छन्।

    साधारणसभाले कम्पनीलाई अझ सबल बनाउन र दीर्घकालीन लाभ दिने उद्देश्यले विभिन्न जलविद्युत् कम्पनीहरूमा लगानी गर्ने निर्णय पनि पारित गरेको छ। कम्पनीले यी निर्णयमार्फत आफ्नो आर्थिक क्षमता विस्तार गर्ने, सेयरधनीलाई प्रतिफल दिलाउने र नेपालको ऊर्जा क्षेत्रमा थप योगदान पुर्‍याउने स्पष्ट प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar