यामाहा नेपालको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन डिलर टोली थाइल्यान्ड प्रस्थान

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • एमएडब्लु राइड्सका अध्यक्ष विष्णु कुमार अग्रवालसहित देशभरका साझेदार पटायामा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी

    काठमाडौं । यामाहा नेपालले आयोजना गरेको ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन देशभरका यामाहा डिलर तथा व्यावसायिक साझेदारहरूको टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई २७ देखि ३१ सम्म पटायामा सञ्चालन हुने कार्यक्रमले यामाहा नेपालको डिलर नेटवर्कलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

    कम्पनीका अनुसार कार्यक्रमको उद्देश्य देशभरका साझेदारलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा ल्याई अनुभव आदानप्रदान, नयाँ ज्ञान तथा सीप हासिल गर्ने अवसर प्रदान गर्नुका साथै आगामी रणनीति र व्यावसायिक लक्ष्यबारे साझा दृष्टिकोण विकास गर्नु हो। यामाहा नेपालले यसलाई आफ्नो डिलर नेटवर्कका लागि हालसम्मकै महत्वपूर्ण कार्यक्रममध्ये एकका रूपमा लिएको जनाएको छ।

    एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णु कुमार अग्रवाल पनि यामाहा नेपालका प्रतिनिधि तथा डिलरहरूसँगै कार्यक्रममा सहभागी हुन थाइल्यान्ड पुगेका छन्। कम्पनीका अनुसार उहाँको सहभागिताले यामाहा नेपाल र देशभरका डिलरबीचको दीर्घकालीन साझेदारीलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

    कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको विशेष सहभागिता रहने जनाइएको छ। यस अवसरमा नेपाली साझेदारहरूले यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने, कम्पनीको भावी रणनीति बुझ्ने तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गर्ने अवसर प्राप्त गर्नेछन्।

    ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ नारासहित आयोजना गरिएको यस कार्यक्रममा उत्कृष्ट साझेदारहरूको योगदानको सम्मान गरिनुका साथै आगामी वर्षका लागि साझा लक्ष्य, कार्यदिशा र बजार विस्तारका रणनीतिबारे छलफल गरिने कम्पनीले जनाएको छ।

    यामाहा नेपालका अनुसार देशभरका साझेदारलाई विदेशमा एउटै साझा मञ्चमा सहभागी गराउनु कम्पनीले साझेदारी, एकता र दीर्घकालीन सहकार्यलाई दिएको उच्च प्राथमिकताको प्रतीक हो। यस्ता कार्यक्रममार्फत डिलर नेटवर्कसँगको सम्बन्ध अझ सुदृढ बनाउँदै ग्राहक सेवा, व्यवसाय विस्तार र ब्रान्ड विकासलाई थप प्रभावकारी बनाउने कम्पनीको विश्वास छ।

    कम्पनीले पार्टनर्स मिट २०२६ सम्पन्न भएपछि यामाहा नेपाल र यसको डिलर नेटवर्क नयाँ ऊर्जा, स्पष्ट रणनीति र साझा लक्ष्यसहित नेपाली बजारमा अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar