बजाज पल्सर एनपिएलको आगामी तीन सिजनको सह प्रायोजक

  • कालिका खवर
  • शुक्रबार, अशोज ३०, २०८३
  • काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको साझेदारी विस्तार गर्दै आगामी तीन सिजनका लागि सह प्रायोजकको सम्झौता गरेको छ।

    सम्झौताअनुसार बजाज पल्सर एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह प्रायोजकका रूपमा रहनेछ। यसअघि दोस्रो सिजनमा बजाज पल्सर प्रतियोगिताको आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदारका रूपमा आबद्ध थियो।

    कम्पनीका अनुसार तीन सिजनसम्म रहने यस सहकार्यले नेपाली क्रिकेटको विकासमा योगदान पुर्‍याउनुका साथै खेलाडी, समर्थक र नयाँ पुस्ताका क्रिकेटप्रेमीसँगको सम्बन्ध थप सुदृढ बनाउनेछ। नेपाली क्रिकेटको बढ्दो लोकप्रियतासँगै खेलप्रतिको उत्साह र प्रतिस्पर्धात्मक भावनालाई प्रोत्साहन गर्ने लक्ष्य पनि साझेदारीले लिएको छ।

    बजाज पल्सरले शक्ति, उत्कृष्ट प्रदर्शन, महत्त्वाकांक्षा र साहसलाई आफ्नो पहिचानका रूपमा अघि सार्दै आएको छ। नेपाली क्रिकेटको प्रतिस्पर्धात्मक भावना, समर्पण र निरन्तर प्रगतिसँग यी मूल्यहरू मेल खाने कम्पनीको विश्वास छ।

    आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदारबाट सह प्रायोजक बनेसँगै बजाज पल्सरले एनपिएलका आगामी तीन सिजनमा नेपाली क्रिकेटसँगको सहकार्यलाई निरन्तरता दिनेछ। प्रतियोगिताअन्तर्गत हुने आगामी घोषणा, प्रचार अभियान तथा विभिन्न गतिविधिबारे जानकारी पल्सर नेपालको आधिकारिक सञ्चार माध्यमबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar