एआईको सहायताले दुई सय वर्ष पुरानो नेपोलियनको गोप्य सन्देश पढियो

  • कालिका खवर
  • बुधबार, कार्तिक ४, २०८३
  • काठमाडौं । फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश दुई सय वर्षभन्दा बढी समयपछि कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सफल भएको दाबी गरिएको छ। यस घटनाले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता लगाउन एआई प्रभावकारी माध्यम बन्न सक्ने देखाएको छ।

    सन् १८०९ मा फ्रान्सेली सेनाका एक जनरललाई पठाइएको उक्त सन्देशमा प्रतीक, सङ्ख्या र अक्षर प्रयोग गरिएका दुई दर्जन पङ्क्ति छन्। लामो समयदेखि अनलाइन शैक्षिक अभिलेखमा बेवास्तामा परेको यो सन्देशको सङ्केत अमेरिकी एआई इन्जिनियर कार्टर चर्चले समाधान गरेको विवरणमा उल्लेख छ।

    यसअघि यस्ता जटिल गोप्य सन्देशको अर्थ पत्ता लगाउन इतिहासकार तथा सङ्केतविद्हरूले लामो समय अनुसन्धान गर्नुपर्ने अवस्था थियो। तर एआईको प्रयोगले सङ्केतको ढाँचा विश्लेषण गर्ने र सम्भावित अर्थ पहिचान गर्ने प्रक्रियालाई तीव्र बनाउन सक्ने देखिएको छ ।

    नेपोलियनको सैन्य अभियानसँग सम्बन्धित यस्ता अभिलेखले तत्कालीन युद्ध रणनीति, सैनिक सञ्चार र ऐतिहासिक घटनाक्रमबारे नयाँ जानकारी दिन सक्छन्। यद्यपि, सन्देशको वास्तविक अर्थ र त्यसबाट प्राप्त निष्कर्षलाई ऐतिहासिक प्रमाणसँग तुलना गरेर पुष्टि गर्नु आवश्यक हुन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar