हिमालयन लाइफको निमित्त सीईओमा दिनेशबहादुर अमात्य नियुक्त

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • ३२ वर्षको बीमा अनुभव बोकेका अमात्य डेपुटी सीईओका रूपमा कम्पनीमा प्रवेश, नेतृत्व सम्हाल्ने जिम्मेवारी

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन्। यसअघि आइएमई लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ रहेका अमात्य सोमबारदेखि हिमालयन लाइफमा डेपुटी सीईओका रूपमा आबद्ध भएका हुन्। कम्पनीले उनलाई निमित्त सीईओको जिम्मेवारीसमेत दिएको जनाएको छ।

    हिमालयन लाइफका तत्कालीन सीईओ कपिल दाहालको राजीनामापछि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको पद रिक्त रहेको थियो। सोही रिक्तताबीच कम्पनीको नेतृत्व सम्हाल्ने जिम्मेवारी अमात्यलाई दिइएको हो।

    बीमा क्षेत्रमा करिब ३२ वर्षको अनुभव रहेका अमात्यले आइएमई लाइफ इन्स्योरेन्समा डेपुटी सीईओका रूपमा करिब ९ वर्ष काम गरेका थिए। त्यसअघि उनले तत्कालीन सूर्या लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक (एजीएम)का रूपमा पनि करिब ९ वर्ष सेवा दिएका थिए।

    त्यसअघि उनले नेशनल लाइफ इन्स्योरेन्समा करिब १४ वर्ष विभिन्न जिम्मेवारी सम्हालेका थिए। लामो अनुभव र व्यवस्थापकीय दक्षताका कारण चुनौतीपूर्ण अवस्थामा रहेको हिमालयन लाइफको नेतृत्व सम्हाल्ने अवसर अमात्यलाई प्राप्त भएको उद्योग स्रोतको भनाइ छ।

    हाल कम्पनीमा सीईओ पद रिक्त रहेकाले सञ्चालक समितिले अमात्यको कार्यसम्पादनको मूल्याङ्कनपछि उनलाई स्थायी प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar