सिटिजन लाइफको बीमा सेवा ४ दिन अस्थायी रूपमा बन्द हुने

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो बीमा व्यवस्थापन प्रणाली स्तरोन्नति गर्ने क्रममा चार दिन सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ ।

    कम्पनीका अनुसार साउन १४ गते राति ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म बीमासम्बन्धी अधिकांश सेवा उपलब्ध हुने छैन ।

    हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम (आईसोलुसन)’लाई थप आधुनिक र सुरक्षित ‘आईसोलुसन भर्सन नेक्स्ट’मा रूपान्तरण गर्न लागिएकाले यो अवधिमा सेवा अवरुद्ध हुने कम्पनीले जनाएको छ । यस क्रममा केन्द्रीय कार्यालय, शाखा तथा उपशाखाबाट प्रदान गरिने बीमालेखसम्बन्धी सेवा, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप, ग्राहक तथा अभिकर्ता पोर्टलसमेत बन्द रहनेछन् ।

    कम्पनीले सेवा अवरोधबाट ग्राहकलाई पर्नसक्ने असुविधाप्रति क्षमायाचना गर्दै नवीकरण बीमाशुल्कको म्याद सेवा बन्द अवधिमा परे पनि साउन २० गतेसम्म भुक्तानी गर्दा कुनै विलम्ब शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ ।

    कम्पनीका अनुसार साउन १८ गते बिहान ८ बजेदेखि नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसबाट ग्राहकले अझ सुरक्षित, छरितो र प्रविधिमैत्री जीवन बीमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar