जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बन्यो STC

  • कालिका खवर
  • शनिबार, कार्तिक ७, २०८३
  • काठमाडौं । जनकपुर बोल्ट्स र एसटीसी इनर्जी इन्डस्ट्रिज प्रा.लि. (श्री STC) बीच नेपाल प्रिमियर लिग (NPL) सिजन ३ का लागि सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतासँगै STC जनकपुर बोल्ट्सको आधिकारिक ‘गो ग्रीन इनर्जी पार्टनर’ बनेको छ।

    काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा २२ अक्टोबर २०२६ मा आयोजित समारोहमा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

    सम्झौताअनुसार सिजनभर जनकपुर बोल्ट्सको टिम ब्रान्डिङ, म्याचडे गतिविधि, आतिथ्य सेवा तथा डिजिटल अभियानमा STC लाई प्राथमिकताका साथ समावेश गरिनेछ। यस सहकार्यले क्रिकेटमार्फत STC का उत्पादन तथा ब्रान्डलाई नेपाली उपभोक्तामाझ थप परिचित गराउने अपेक्षा गरिएको छ।

    जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले STC लाई आधिकारिक गो ग्रीन इनर्जी पार्टनरका रूपमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गरे। उनले STC का RIDE र ENERGY ब्याट्री ब्रान्ड खेलप्रेमीको दैनिक जीवनसँग जोडिने उल्लेख गर्दै भरपर्दो ऊर्जा र दिगो भविष्यप्रतिको साझा प्रतिबद्धताका आधारमा साझेदारी गरिएको बताए।

    त्यस्तै, STC इनर्जी इन्डस्ट्रिजका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले जनकपुर बोल्ट्ससँग साझेदारी गर्न पाउँदा गौरव महसुस भएको बताए। उनले RIDE र ENERGY ब्याट्री ब्रान्डले भरपर्दो तथा दिगो ऊर्जाको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै यस सहकार्यबाट नेपालभरका क्रिकेटप्रेमीमाझ पुग्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे।

    जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने व्यावसायिक ट्वान्टी–२० क्रिकेट फ्रेन्चाइज हो। STC इनर्जी इन्डस्ट्रिज प्रा.लि. अटोमोटिभ पार्ट्स तथा ब्याट्रीको आपूर्ति र वितरणमा संलग्न कम्पनी हो। कम्पनीका RIDE र ENERGY दुईपाङ्ग्रे सवारीसाधनका ब्याट्री ब्रान्डका रूपमा परिचित छन्।

    सम्झौताले NPL सिजन ३ अघि जनकपुर बोल्ट्सको व्यावसायिक साझेदारी विस्तार गर्नुका साथै क्रिकेट र ऊर्जा क्षेत्रबीचको सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar