सुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • सप्तरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ । हनुमानगर बजार पनि बन्द गरिएको छ । तिरहुत गाउँपालिका -४ डिमनमा हुलाकी सडकखण्ड अवरुद्ध पारी प्रदर्शन भइरहेको छ ।

    यसअघि कन्चनरुप नगरपालिका वडानम्बर – ११ सिमरा चोकमा युवाहरुले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई नि:शुल्क उपचार तथा क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन् । यसैबीच, देवानगञ्जमा जारी कर्फ्युको असर छिमेकी जिल्ला सप्तरीमा समेत देखिन थालेको छ। पूर्वबाट हुने ढुवानी प्रभावित भएपछि खाना पकाउने एलपी ग्याँसको आपूर्तिमा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar