तीन मन्त्री बने रास्वपाको केन्द्रीय सदस्य

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन जना मन्त्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। आज (बुधबार) सभापति रवि लामिछानेले उनीहरूलाई मनोनयन गरेका हुन्। मनोनीत हुनेहरूमा शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता र कृषि मन्त्री गीता चौधरी रहेका छन्।

    त्यस्तै सांसद यज्ञमणि न्यौपाने, नेताहरू प्रमोद न्यौपाने र विनिता कठायतलाई पनि केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ।उनीहरूलाई सभापति लामिछानेले पद तथा गोपनीयताको शपथ गराएका थिए। अहिले रास्वपाको केन्द्रीय समिति बैठक जारी छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar