तल्लो तहमा सर्वदलीय संयन्त्र र बैठक गर्न सर्वदलीय बैठकको निर्देशन

  • कालिका खवर
  • बुधबार, साउन १३, २०८३
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले समाजमा शान्ति, सद्भाव र विश्वासको वातावरण कायम गर्न प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय संयन्त्र गठन गरी बैठक आयोजना गर्न निर्देशन दिएको छ।

    बुधबार जारी सर्वदलीय संयुक्त वक्तव्य तथा अपिलमा केन्द्रको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै संवादलाई तल्लो तहसम्म विस्तार गर्न र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न सबै राजनीतिक दलका विभिन्न तहका समितिलाई सक्रिय हुन आग्रह गरिएको हो ।

    बैठकले स्थानीय तहमा धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनसँग समन्वय गरी सामाजिक सद्भाव कायम राख्ने अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ।

    हालै सुनसरीलगायत विभिन्न जिल्लामा विकसित संवेदनशील घटनाक्रमलाई दृष्टिगत गर्दै सर्वदलीय बैठकले स्थानीय स्तरमै संवाद र सहकार्यलाई सुदृढ बनाउन आवश्यक रहेको निष्कर्ष निकालेको हो।

    बैठकले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, स्थानीय नेतृत्व तथा सरोकारवाला पक्षलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न पनि आह्वान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar