सामसङको “दिन दिनै दशैं” अफर : दैनिक रु. १ लाखसहित ११ जनाले जित्ने अवसर

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • काठमाडौं । मोबाइल कम्पनी सामसङले यस वर्षको दशैंलाई विशेष बनाउन नयाँ उपभोक्ता अफर “दिन दिनै दशैं” सार्वजनिक गरेको छ। अफर भदौ १६ (१ सेप्टेम्बर) देखि असोज ११ (२८ सेप्टेम्बर २०२५) सम्म लागू हुनेछ।

    यस अवधिमा सामसङको कुनै पनि नयाँ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्। सहभागी हुनका लागि ग्राहकले आफ्नो नयाँ डिभाइसको सिरियल नम्बर टाइप गरी Samsung लेखेर ३५००१ मा एसएमएस पठाउनुपर्नेछ।

    अफरअन्तर्गत हरेक दिन ११ जना भाग्यशाली विजेताको घोषणा गरिनेछ। एक जनाले भाटभटेनी शपिङ भौचर रु. १ लाख प्राप्त गर्नेछन् भने अन्य १० जनाले रु. १०,००० मूल्य बराबरको शपिङ भौचर जित्ने अवसर पाउनेछन्। यी भौचरहरूलाई दैनिक उपभोग्य वस्तु तथा चाडपर्व तयारीका सामान खरिदमा प्रयोग गर्न सकिनेछ।

    एमएक्स सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले “दिन दिनै दशैं” अफरले दशैंको महत्वलाई अझ आत्मीय बनाउने र सामसङ प्रयोगकर्ताको जीवनलाई सहज र रमाइलो बनाउन योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

    ग्राहकले *83# डायल गरेर आफ्नो सिरियल नम्बर सजिलै पत्ता लगाउन सक्नेछन्। एसएमएस पठाएपछि तुरुन्तै दर्ता पुष्टि सन्देश प्राप्त हुनेछ। विजेताको विवरण www.facebook.com/smartplazanepal तथा www.facebook.com/IMS.NP मार्फत प्रकाशित गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar