राष्ट्रिय खाद्य बैंकको पाँचौँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन, आइपिओ निष्काशनको प्रस्ताव पारित

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • भक्तपुर । राष्ट्रिय खाद्य बैंक लिमिटेडको पाँचौँ वार्षिक साधारण सभाले नयाँ सञ्चालक समिति चयन गरेको छ। सभाले किशोर कुमार प्रधानलाई अध्यक्षमा निर्वाचित गर्दै सात सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ।

    नव–निर्वाचित सञ्चालक समितिमा प्रा.डा. भरत पहारी, प्रा.डा. मोहन प्रसाद पन्थी, दुर्गा कुमार थापा, डा. हरिकृष्ण दहाल, सूर्यबहादुर अधिकारी र पवित्रा कुमारी पोखरेल सदस्य रहेका छन्।
    त्यसैगरी, सभाले संस्थापक अध्यक्ष डा. शंकर उप्रेतीलाई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी सुम्पने निर्णय गरेको छ।

    सभाले कुल पुँजीको ३० प्रतिशत हिस्सा सर्वसाधारणका लागि आइपिओ निष्काशन गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरेको छ। यसका लागि बैंकले गत महिना नै आइएमइ क्यापिटल लिमिटेडसँग सम्झौता गरिसकेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar