नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व चयन, प्रविन लामिछाने अध्यक्षमा निर्वाचित

  • कालिका खवर
  • शनिबार, जेष्ठ ३०, २०८३
  • काठमाडौं । नेपाल रिकन्डिसन अटो व्यवसायी संघको तेस्रो राष्ट्रिय अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। अधिवेशनले आगामी कार्यकालका लागि प्रविन लामिछानेलाई अध्यक्षमा निर्वाचित गर्दै नयाँ कार्यसमिति गठन गरेको हो।

    नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रदीप रानामगर चयन भएका छन् भने महासचिवको जिम्मेवारी कुमार बोगटीले पाएका छन्। त्यसैगरी सचिवमा अमित अधिकारी र डुक्पा घले चयन भएका छन्।

    संघको कोषाध्यक्षमा मनिष राज पाण्डे तथा सह–कोषाध्यक्षमा राजेन्द्र मान श्रेष्ठ निर्वाचित भएका छन्।

    यस्तै, सदस्यहरूमा नवराज विडारी, तीर्थ बहादुर बुढाथोकी, टोक बहादुर पौडेल, देवेन्द्र कुमार श्रेष्ठ, सुरज प्रसाद नेपाल, विकास श्रेष्ठ, रुद्र ढुंगाना र केशव निरौला चयन भएका छन्।

    अधिवेशनले रिकन्डिसन अटो व्यवसायलाई व्यवस्थित, पारदर्शी र व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधार तथा क्षेत्रको दिगो विकासका लागि नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

    नवनिर्वाचित अध्यक्ष प्रविन लामिछानेले सम्पूर्ण व्यवसायीको विश्वासलाई सम्मान गर्दै व्यवसायीहरूको साझा मुद्दा समाधान, राज्यसँग समन्वय तथा संघलाई थप सशक्त र प्रभावकारी संस्थाको रूपमा स्थापित गर्न आफू प्रतिबद्ध रहने बताउनुभयो। उहाँले रिकन्डिसन अटो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन सबै व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar