जेइको जे ५ प्रोमा नाडा स्पेशल स्किम, ४७.९९ लाखमै खरिद गर्न सकिने

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२६ मा प्राप्त उत्साहजनक प्रतिक्रिया र बलियो ग्राहक मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जेइकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जेइको जे ५ प्रोका लागि विशेष नाडा स्पेशल स्किम घोषणा गरेको छ।

    सीमित अवधिका लागि लागू हुने योजनाअन्तर्गत जेइको जे ५ प्रो अब ४७ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिने कम्पनीले जनाएको छ। यो योजना पहिलो १०० ग्राहकका लागि मात्र लागू हुनेछ।

    ११ देखि १६ अगस्ट २०२६ सम्म आयोजित नाइमा मोबिलिटी एक्सपोमा जेइको जे ५ प्रोप्रति देखिएको उच्च चासो र ग्राहकको मागलाई सम्बोधन गर्दै कम्पनीले यो विशेष योजना ल्याएको हो। एक्सपो अवधिमा जेइको जे ५ प्रो बुकिङ गरेका ग्राहकले समेत उक्त विशेष मूल्यको सुविधा पाउनेछन्।

    जेइको जे ५ प्रोमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर रहेको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ। १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, फुल-साइज स्पेयर टायर र ५०.७ किलोवाट आवर ब्याट्री यसका प्रमुख विशेषता हुन्।

    त्यस्तै, गाडीमा १९ भन्दा बढी एडीएएस तथा सुरक्षा फिचर, प्यानोरामिक मुनरुफ र ४८० लिटरको बुटस्पेस उपलब्ध छ। कम्पनीले यसलाई प्रविधि, सुरक्षा, आराम र दैनिक उपयोगिताको संयोजन भएको प्रिमियम इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरेको छ।

    कम्पनीका अनुसार जेइको जे ५ अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय छ। थाइल्यान्ड र इन्डोनेसियामा यो नम्बर १ बेस्ट–सेलिङ ईभी एसयूभीका रूपमा स्थापित भएको कम्पनीको दाबी छ।

    ग्राहकलाई दीर्घकालीन स्वामित्वमा थप विश्वास दिलाउन जेइको जे ५ प्रोसँग ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ।

    रु ४७ लाख ९९ हजारको नाडा स्पेशल स्किम सीमित अवधिका लागि पहिलो १०० ग्राहकमा मात्र लागू हुनेछ। योजना तथा अन्य सर्तहरू कम्पनीको लागू नीतिअनुसार हुने जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar