एमजी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक, ५७ लाख ९९ हजार रुपैयाँमा उपलब्ध

  • कालिका खवर
  • शनिबार, अशोज २४, २०८३
  • काठमाडौं । एमजीले नेपालमा भित्र्याएको नयाँ विद्युतीय एसयूभी ‘हेक्टर टोमहक ईभी’को मूल्य सार्वजनिक गरेको छ। कम्पनीले सात सिट क्षमताको यस विद्युतीय एसयूभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको हो।

    भारतमा उत्पादन भएको हेक्टर टोमहक ईभीमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर र ६१.२ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। नेपाली सडकको अवस्थालाई ध्यानमा राख्दा उपयोगी मानिने यस गाडीमा २३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ।

    एमजीको एडाप्ट प्लेटफर्ममा आधारित हेक्टर टोमहक ईभीले ३१० न्युटन मिटर टर्क उत्पादन गर्छ। कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार यस गाडीले एकपटक पूर्ण चार्ज गर्दा ५१७ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ।

    सात सिट क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स र लामो रेन्जसहित बजारमा आएको हेक्टर टोमहक ईभीले नेपाली विद्युतीय एसयूभी बजारमा उपभोक्ताको ध्यान आकर्षित गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar