नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि कुमारी बैंकबाट ई–टोल सेवा उपलब्ध

  • कालिका खवर
  • आइतवार, मंसिर ६, २०८३
  • काठमाडौं । कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि विद्युतीय टोल भुक्तानी प्रणाली (ई–टोल) को बिक्री तथा वितरण सेवा आफ्ना शाखाहरूमार्फत उपलब्ध गराएको छ ।

    ई–टोल विद्युतीय भुक्तानी प्रणाली हो, जसले सवारीधनीलाई टोल बुथमा नरोकिई छिटो, सहज र नगदरहित रूपमा टोल शुल्क भुक्तानी गर्ने सुविधा प्रदान गर्छ । सवारीसाधनमा ई–टोलको स्टिकर टाँसेपछि प्रणालीमार्फत स्वतः रकम कट्टा हुने भएकाले सुरुङमार्गमा यात्रा गर्दा टोल शुल्क तिर्न लामो लाइनमा बस्नुपर्ने झन्झट हट्नेछ ।

    यस सेवाबाट टोल बुथमा हुने भीडभाड कम हुनुका साथै यात्रुको समय बचत र यात्रा थप सहज हुने बैंकले जनाएको छ ।

    ग्राहकले सवारीसाधनको ब्लुबुक, नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा मोबाइल नम्बर लिएर नजिकैको कुमारी बैंक शाखाबाट ई–टोल प्राप्त गर्न सक्नेछन् । साथै, बैंकको वेबसाइटमार्फत ई–टोलसम्बन्धी थप जानकारी लिनुका साथै अनलाइन दर्ता प्रक्रिया पनि पूरा गर्न सकिनेछ ।

    डिजिटल भुक्तानी तथा आधुनिक बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको कुमारी बैंकले सम्पूर्ण सवारीधनीलाई टोलमा नरोकिई समय बचत गर्दै सहज यात्रा गर्न ई–टोल सेवा जडान गर्न आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar