प्रधानमन्त्री बालेन इन्दिरा गान्धी विमानस्थलमा अवतरण

  • कालिका खवर
  • आइतवार, मंसिर ६, २०८३
  • काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

    प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन् । उनलाई विमानस्थलमा स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ ।

    प्रधानमन्त्री शाहको दुईदिने भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्रीसँग भेटवार्ता, नेपाल–भारत बिजनेस फोरममा सहभागिता तथा भारतीय प्रधानमन्त्री र राष्ट्रपतिसँग भेटवार्ताको कार्यक्रम छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar