दराजको ११.११ अभियान नोभेम्बर १९ सम्म विस्तार, विद्युतीय सामग्री र जाडोका पहिरनको माग बढ्दो

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २७, २०८३
  • काठमाडौँ । ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रियापछि दराज नेपालले आफ्नो वर्षकै सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ अभियानको अवधि नोभेम्बर १९, २०२६ सम्म विस्तार गरेको छ। अभियानअन्तर्गत ग्राहकहरूले ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्‍याउने सुविधा प्राप्त गर्न सक्नेछन्।

    दराजका अनुसार अभियानका सुरुवाती दिनदेखि नै विद्युतीय सामग्री, जाडोयामका पहिरन, दैनिक उपभोग्य वस्तु तथा चाडपर्वका सामग्रीमा ग्राहकहरूको उल्लेखनीय चासो देखिएको छ। इयरबड, हेडफोन, स्मार्टफोन, स्मार्ट घडी, भान्साका उपकरण तथा घरायसी विद्युतीय सामग्रीको माग बढेको कम्पनीले जनाएको छ।

    त्यस्तै, महिला तथा पुरुषका जाडोका पहिरन, जुत्ता, घडी, झोला तथा यात्रासम्बन्धी सामग्रीमा पनि ग्राहकहरूको आकर्षण देखिएको छ। तिहारका सजावटी बत्ती, रङ्गोलीका सामग्री, खाद्यवस्तु, घर सजावटका सामग्री तथा दैनिक प्रयोगका वस्तुको बिक्रीसमेत बढ्दो रहेको दराजले जनाएको छ।

    अभियानले नेपालमा विद्युतीय भुक्तानीप्रतिको बढ्दो आकर्षणलाई समेत देखाएको कम्पनीको भनाइ छ। दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी अग्रिम तथा क्यूआरलगायतका विद्युतीय माध्यमबाट हुने गरेका छन्। बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकसँगको सहकार्यमा उपलब्ध छुट र नगद फिर्ताजस्ता सुविधाले पनि ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ आकर्षित गरेको बताइएको छ।

    दराज एक्सप्रेसमार्फत कम्पनीले देशभरका ५१६ सहरमा सेवा विस्तार गरेको जनाएको छ। विभिन्न ब्रान्ड, स्थानीय उद्यमी तथा साना व्यवसायलाई देशभरका उपभोक्तासँग जोड्दै आएको दराजले आफ्नै ढुवानी पूर्वाधार र विक्रेताको सञ्जालमार्फत नेपालको विद्युतीय व्यापार क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ।

    अभियान नोभेम्बर १९ अर्थात् मंसिर ३ सम्म विस्तार भएसँगै ग्राहकहरूले दराजको मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न सामग्रीमा उपलब्ध छुट, विशेष सुविधा र अन्य अफरको लाभ लिन सक्नेछन्। कम्पनीले यस अभियानले चाडपर्वको किनमेललाई थप सहज, सुविधाजनक र लाभदायक बनाउने अपेक्षा गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar