सेती प्रादेशिक अस्पताल सुधारका लागि सुदूरपश्चिम सरकारले छुट्यायो २५ करोड ५० लाख रुपैयाँ

  • कालिका खवर
  • आइतवार, अशोज २५, २०८३
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीस्थित सेती प्रादेशिक अस्पतालको सेवा तथा पूर्वाधार सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

    प्रदेशको एकमात्र रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बनाउने र भौतिक पूर्वाधार सुधार गर्ने उद्देश्यले उक्त बजेट छुट्याइएको हो।

    सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री चक्र मल्लले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अस्पताल सुधारका लागि २५ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका हुन्।

    अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने तथा आवश्यक पूर्वाधार विकासमा बजेट उपयोग हुने अपेक्षा गरिएको छ।

    प्रदेशकै प्रमुख स्वास्थ्य संस्थामध्ये एक रहेको सेती प्रादेशिक अस्पतालमा उपचारका लागि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका छन्। अस्पतालको सेवा र पूर्वाधार सुधारका लागि विनियोजित बजेटले स्वास्थ्य सेवा विस्तार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यद्यपि, विनियोजित रकम कुन-कुन शीर्षकमा खर्च गरिनेछ र कुन-कुन पूर्वाधार तथा सेवा सुधारका कार्यक्रम सञ्चालन हुनेछन् भन्ने विस्तृत विवरण सार्वजनिक भएपछि मात्र स्पष्ट हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar