ग्यिरोङ पहिरोपछि उद्धारमा जुट्न चिनियाँ राष्ट्रपतिको निर्देशन

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङले तिब्बतको ग्यिरोङ सीमा नाकामा पहिरोपछि बेपत्ता भएकाहरूको खोज तथा उद्धारका लागि ‘सम्पूर्ण प्रयास’ लगाउन निर्देशन दिएका छन् ।

    बुधबार बिहान ग्यिरोङ बन्दरगाह क्षेत्रमा पहिरो जाँदा मानवीय तथा भौतिक क्षति भएपछि राष्ट्रपति सीले उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकता दिन निर्देशन दिएका हुन् । उनले बेपत्ता व्यक्तिको खोजी, प्रभावितहरूको उद्धार तथा राहत व्यवस्थापनमा कुनै कसर बाँकी नराख्न आग्रह गरेका छन् ।

    चिनियाँ अधिकारीका अनुसार पहिरोले ग्यिरोङ बन्दरगाहतर्फ जाने सडक अवरुद्ध गरेको छ । ड्रोनबाट खिचिएका दृश्यमा बन्दरगाह क्षेत्रमा रहेका केही भवन पहिरोको मलबेमा पुरिएको देखिएको छ । घटनापछि चीनको जनसशस्त्र प्रहरी बलको शिगात्से डिटेचमेन्टबाट १४५ जना अधिकारी तथा जवानलाई उद्धार तथा आपतकालीन व्यवस्थापनका लागि प्रभावित क्षेत्रमा पठाइएको छ ।

    ग्यिरोङ बन्दरगाह नेपाल–चीन सीमाको महत्त्वपूर्ण स्थल नाका हो । नेपालतर्फ पनि सोही समयमा भोटेकोशी नदीमा आकस्मिक बाढी र पहिरोका कारण रसुवाको सीमावर्ती क्षेत्रमा ठुलो क्षति भएको छ । घटनाको विस्तृत मानवीय तथा भौतिक क्षतिको विवरण संकलनको काम भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar