नाडा अटो शोमा हाइगरको प्रिमियम विद्युतीय कोच सार्वजनिक

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ।

    नेपालका लागि हाइगर बस कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता शशीला मोटर्स प्रालिले नेपालमै पहिलोपटक ठूलो आकारको भी सिरिज प्रिमियम ईभी कोच सार्वजनिक गरेको हो।

    ३१ सिट क्षमताको उक्त बसमा २१६ किलोवाट आवर क्षमताको बीवाईडी ब्लेड ब्याट्री र २७५ किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ। कम्पनीका अनुसार बसले एकपटक पूर्ण चार्ज गर्दा ३५० किलोमिटरसम्म यात्रा गर्न सक्छ।

    बसमा २७० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स रहेको छ। कम्पनीले भी सिरिजलाई आरामदायी, शक्तिशाली र लामो दूरीका लागि उपयुक्त प्रिमियम विद्युतीय कोचका रूपमा प्रस्तुत गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar