इन्फिनिटी लघुवित्त र आरएसडिसी लघुवित्त वित्तीय सँस्था लि.को सँयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • कालिका खवर
  • शुक्रबार, भदौ २०, २०८२
  • इनरुवा । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडसँगको संयुक्त आयोजनामा इनरुवा र टँकिसिनवारी शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

    मिति २०८२ भदौ १९ गते बिहीबार इनरुवा शाखाले सत्यनारायण मन्दिरको सभा हलमा आयोजना गरेको कार्यक्रममा १४० जना सदस्य तथा अभिभावक सहभागी भए भने, २०८२ भदौ २० गते शुक्रबार टँकिसिनवारी शाखाले जेसीआई टँकिसिनवारीको भवनमा आयोजना गरेको कार्यक्रममा १४१ जना सहभागी भए। दुबै कार्यक्रममा गरी जम्मा २८१ जना सहभागी भएका थिए।

    कार्यक्रममा संस्थाका संस्थापक श्री रबिन कुमार नेपाल र प्रशिक्षक सविना रानाले प्रशिक्षण दिनु भएको थियो भने, संस्थाले उपलब्ध गराउने सेवा सुविधा सम्बन्धी जानकारी कर्जा विभाग प्रमुख श्री प्रेम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो।

    सहभागीहरुलाई इनरुवा शाखा प्रमुख रामलखन साह र टँकिसिनवारी शाखा प्रमुख कपिलदेव भण्डारीले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन इटहरी अनुगमन कार्यालयका अनुगमन अधिकृत उत्तम बाबु श्रेष्ठले गर्नुभएको हो।

    कार्यक्रममा शाखामा कार्यरत सम्पूर्ण कर्मचारी, सदस्य, अभिभावक तथा स्थानीय व्यक्तिहरुको सक्रिय सहभागिता रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar