भेस्पा र एप्रिलिया स्कुटरमा ‘डबल या तेब्बर बबाल’ अफर, १० लाख नगद जित्ने अवसर

  • कालिका खवर
  • शुक्रबार, भदौ १३, २०८२
  • काठमाडौं । भेस्पा र एप्रिलिया स्कुटरका नेपालका लागि आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ।

    ‘डबल या तेब्बर बबाल’ नाम दिइएको अफर अन्तर्गत स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत प्राप्त हुने रकमलाई क्यूआर कोड स्क्यान गरेर दोब्बर वा तेब्बरसम्म बढाउन सक्नेछन्। साथै, हरेक हप्ताको लक्की ड्रमार्फत भाग्यशाली ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर पाउनेछन्। अफरको बम्पर पुरस्कार स्वरूप एक जनाले १० लाख रुपैयाँ नगद जित्ने पनि मौका रहनेछ।

    त्यसैगरी, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गर्दा न्यूनतम ४० हजार रुपैयाँ मूल्याङ्कन गरिनेछ भने स्क्र्याच कार्डमार्फत थप १ लाख ५० हजार रुपैयाँसम्म पाउन सकिनेछ। ४.९९ प्रतिशत मात्र ब्याजदरमा ईएमआई सुविधा र शून्य सेवा शुल्कसहितको फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ।

    डेल्टा अटोकर्पका प्रमुख कार्यकारी अधिकृत विजय महतोले यो अफरले नेपालीहरूको महान पर्वलाई अझ विशेष र रोचक बनाउने विश्वास व्यक्त गरे। अफर नेपालभरका सबै आधिकारिक भेस्पा र एप्रिलिया शोरूमहरूमा लागू हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar