ग्लोबल आईएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त

  • कालिका खवर
  • शुक्रबार, जेष्ठ २९, २०८३
  • काठमाडौं । को सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष ले आयोजित विशेष समारोहमा स्वागत गरेका थिए। बैंकका अनुसार भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव छ। पूर्वसचिवसमेत रहेकी उनले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, , , महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी छन्। शैक्षिक रूपमा भट्टराईले बाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक उपाधि हासिल गरेकी छन्। साथै उनले बाट पब्लिक पोलिसी (ट्रेड एन्ड फाइनान्स) र बाट ननप्रफिट म्यानेजमेन्ट विषयमा उच्च शिक्षा प्राप्त गरेकी छन्। हाल उनी की कार्यकारी सदस्य तथा को स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन्। बैंकले भट्टराईको अनुभव र नेतृत्वले बैंकको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ। स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar