एनआईसी एशिया बैंकको ‘साथी घर कर्जा’ योजना सार्वजनिक

  • कालिका खवर
  • आइतवार, भदौ १५, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूको आवासीय आवश्यकतालाई सम्बोधन गर्न ‘एनआईसी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ। “सपना तपाईंको, साथ हाम्रो” भन्ने नाराका साथ ल्याइएको यस योजनाअन्तर्गत न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा सुविधा उपलब्ध हुनेछ।

    बैंकका अनुसार यो कर्जा योजना घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा पुनर्निर्माण, साथै घडेरी खरिद गर्नका लागि उपयोग गर्न सकिनेछ। सहज प्रक्रिया मार्फत उपलब्ध गराइने कर्जाको अवधि अधिकतम २५ वर्ष रहनेछ।

    ग्राहकलाई थप आकर्षित गर्ने उद्देश्यले पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिका लागि धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत तोकिएको छ भने अन्य अवस्थामा अधिकतम ७० प्रतिशत कायम गरिएको छ।

    एनआईसी एशिया बैंकले आकर्षक ब्याजदर र अतिरिक्त सेवा सुविधासहित उपलब्ध गराएको यस कर्जा योजनाले आफ्नै घरको सपना पूरा गर्न चाहने ग्राहकलाई ठूलो सहजता दिने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar