वीरगंज महानगर शिक्षा समितिमा राहुल श्रीवास्तव,जियालाल गुप्ता र आलोक चौरसिया मनोनीत

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • वीरगंज — वीरगंज महानगरपालिकाको नगर शिक्षा समितिमा तीन नयाँ सदस्यहरू मनोनीत भएका छन्। महानगर शिक्षा नियमावली, २०७४ बमोजिम नगर कार्यपालिकाको २०८२ साल कात्तिक २४ गतेको निर्णयअनुसार यी नियुक्तिहरू गरिएको हुन्।

    नगर शिक्षा समितिको सदस्य पदमा प्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवलाई नियम २४(१)(च) अनुसार एक वर्षका लागि मनोनयन गरिएको छ।

    त्यस्तै, आलोक कुमार चौरसिया र एनप्याब्सन नगर कार्य समिति, वीरगंजका अध्यक्ष जियालाल गुप्तालाई शिक्षा नियमावलीको नियम २४(१)(ज) अनुसार विशेष आमन्त्रित सदस्यका रूपमा एक वर्षका लागि मनोनयन गरिएको हो।

    नयाँ मनोनीत सदस्यहरूलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले औपचारिक रूपमा नियुक्तिपत्र प्रदान गर्दै बधाई ज्ञापन गर्नुभएको छ। मेयर सिंहले शिक्षा क्षेत्रमा गुणस्तर अभिवृद्धि र नीतिगत सुधारका लागि समितिको सक्रिय भूमिका अपेक्षा गरिएको बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar