कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

  • कालिका खवर
  • मङ्लबार, साउन १२, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएपछि शोक प्रस्ताव पारित गर्न आकस्मिक बैठक बोलाइएको हो ।

    बैठक भोलि बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ ।

    वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलि बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिनेछ । त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar