सामसङ नेपालको ‘वार्म विन्टर अफर’ सार्वजनिक, वाशिङ मेसिन र रेफ्रिजिरेटरमा आकर्षक क्यासब्याक

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौँ । सामसङ नेपालले जाडो महिनालाई अझ सहज र आरामदायक बनाउने उद्देश्यसहित ‘वार्म विन्टर अफर’ सार्वजनिक गरेको छ। नोभेम्बर २१ देखि जनवरी १४ सम्म लागू रहने यो अफर देशभरका अधिकृत सामसङ रिटेलरमार्फत उपलब्ध हुनेछ।

    अफरअन्तर्गत सामसङका विभिन्न मोडेलका वाशिङ मेसिन र रेफ्रिजिरेटरमा ग्राहकहरूले आकर्षक छुट, क्यासब्याक तथा सरल फाइनान्स सुविधा पाउन सक्नेछन्। कम्पनीका अनुसार यस अफरले जाडोमा घरायसी कामलाई झनै सहज बनाउन मद्दत गर्नेछ।

    ग्राहकहरूले ७ किलोदेखि १२ किलो क्षमता भएका एआई इकोबबल वाशर ड्रायर, फ्रन्ट लोड, FATL र SATL वाशिङ मेसिनमा अधिकतम २३ प्रतिशत इन्स्ट्यान्ट क्यासब्याक प्राप्त गर्न सक्छन्। यसले उच्च प्रविधियुक्त वाशिङ मेसिनलाई किफायती मूल्यमा खरिद गर्ने उत्कृष्ट अवसर प्रदान गर्छ।

    यस्तै, सामसङका सिंगल–डोर, डबल–डोर तथा साइड–बाई–साइड रेफ्रिजिरेटरहरूमा अधिकतम १७ प्रतिशत क्यासब्याक उपलब्ध छ। जाडो महिनामा फ्रिज बदल्ने वा नयाँ खरिद गर्ने उपभोक्ताहरूका लागि यो विशेष फाइदाजनक अफर बनेको छ।

    सामसङका वाशिङ मेसिन र रेफ्रिजिरेटरमा रहेको DIT मोटरमा २० वर्षको वारेन्टीले उपकरणको दीर्घायु सुनिश्चित गर्छ। साथै, सबै मोडेलमा उपलब्ध निःशुल्क इन्स्टलेसन सेवाले उपभोक्तालाई थप सुविधा दिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar