सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भयो : एमाले

  • कालिका खवर
  • बिहिबार, साउन १४, २०८३
  • काठमाडौं । नेकपा (एमाले) ले शान्ति सुरक्षा र सद्भाव कायम गर्न राज्य पूर्ण रूपमा असफल भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले सुनसरी घटनामा राज्यले शान्ति सुरक्षा र सद्भाव कायम गर्न पूर्ण रूपमा असफल भन्दै संवाद र विश्वासको सट्टा राज्य आफैले त्रास सिर्जना गरी सुनसरी लगायतका क्षेत्रमा घटनालाई थप उत्तेजित बनाएको आरोप लगाएकी हुन् ।

    उनले देशमा दङ्गा र अशान्ति भइरहँदा प्रधानमन्त्री बेखबर रहेको भन्दै आलोचना गरिन् । प्रधानमन्त्रीको पद सिंहदरबार सजाउनका लागि मात्र नभई संकटको बेला जनताको बिचमा गएर नेतृत्व लिन र संवाद गर्नका लागि भएको उनको भनाइ छ ।

    अर्यालले काठमाडौँमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने र थुनामा बस्नुपर्ने तर अहिले सुनसरीमा गोली चल्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन, थुना बस्नुपर्छ कि पर्दैन? भन्दै प्रश्न गरिन् । उक्त घटनाको नैतिक जिम्मेवारी लिनको निम्ति सरकार तयार हुनुपर्ने उनले बताइन् ।

    उनले मुलुकलाई सुदृढ बनाउन र जनताको सुरक्षाको निम्ति सरकारसित हातेमालो गर्दै देशमा शान्ति र सद्भाव कायम गराउने अभियानमा सामेल हुन आफुहरु तयार रहेको धारणा राखिन् । साथै उनले उत्तेजना, आवेग र प्रतिशोधले नोक्सान मात्र पु¥याउने भएकाले सम्पूर्ण आम नागरिक, स्थानीय वासी र धार्मिक तथा सामाजिक अभियन्ताहरूलाई संयमता अपनाई शान्ति र सद्भाव कायम गर्न आग्रह समेत गरिन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar