राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषका ३ अर्ब ५३ करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको कुल रु ३ अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामार्फत लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीलाई मङ्गलबार साँझ ७:०० बजेभित्र आवेदन दिन आग्रह गरेको हो।

    राष्ट्र बैंकका अनुसार एक वर्ष अवधिका लागि सो रकम लगानी गर्न लागिएको हो। सूचनामा वाणिज्य बैंकका लागि रु २ अर्ब ८२ करोड ४० लाख, विकास बैंकका लागि रु ५२ करोड ९५ लाख र वित्त कम्पनीका लागि रु १७ करोड ६५ लाख विनियोजन गरिएको उल्लेख छ।

    लगानीका लागि आवेदन दिने बैंक तथा वित्तीय संस्थाले निम्न सर्त पूरा गर्नुपर्नेछ—

    • कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनु पर्ने

    • न्यूनतम कूल पुँजीकोष कायम भएको हुनुपर्ने

    • कूल कर्जा सापटी अनुपात ८ प्रतिशत ननाघेको

    • निष्क्रिय कर्जा (NPL) अनुपात ३ प्रतिशत भित्र रहेको

    उक्त कोषको सुरक्षित र लाभदायक सञ्चालन तथा वित्तीय प्रणालीमा तरलता व्यवस्थापनलाई सहज बनाउन राष्ट्र बैंकले वार्षिक रूपमा यस्ता लगानी गर्ने गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar