रास्वपा सचिवालयको आकस्मिक बैठक सुरु

  • कालिका खवर
  • शनिबार, पुस २६, २०८२
  • काठमाडौँ, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल बैठक सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिनुभयो । उहाँका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिने बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ ।

    पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताउनुभयो । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar