बागमती प्रदेश खेलकुद प्रतियोगितामा ललितपुरको अग्रता

  • कालिका खवर
  • शुक्रबार, असार ५, २०८३
  • ललितपुर–तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्र्तगत क्योकुशिन कराते फुलकन्ट्याक्ट विधामा ललितपुरले अग्रता लिएको छ ।
    मकवानपुरको हेटौंडामा जारी प्रतियोगितामा महिला ४० केजी तौल समुहमा ललितपुरकी भावना नगरकोटीले सेमिफाइनलमा मकवानपुरकी प्रतिद्वन्दी खेलाडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकी छिन ।

    यस्तै ललितपुरकै ४५ केजीमा दिल माया श्रेष्ठ , ५५ केजीमा प्रसिका नापित सेमिफाइनलमा पुगे । , पुरुष ४० केजीमा सुबेश गोले, ५० केजिमा निरोज नगरकोटी र ६५ केजी तौल समुहमा सागर तामाङ्ग आआफ्ना प्रतिद्वन्दी खेलाडीहरूलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भए ।

    कुल १३ समुहमा संचालन भइरहेको खेलमा ललितपुरका ५ जनाले जित हासिल गरि अगाडी बढेको टिम ब्यबस्थापक रमेश तामाङले जानकारी दिए ।

    ललितपुर टिमका प्रशिक्षकद्वय ज्ञानिरत्न शाक्य र रामहरि खड्काले ललितपुरको पहिचान रहने गरि खेलाडीहरुले खेल प्रर्दशन गरेको बताए ।  ९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन बागमती प्रदेशको खेलकुद बिकास परिषदका सदस्य सचिव दिपक लामाले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar