तेस्रो बागमती प्रदेश खेलकुदमा ललितपुर टिम च्याम्पियन , निरोज बने उत्कृष्ट खेलाडी

  • कालिका खवर
  • शनिबार, असार ६, २०८३
  • ललितपुर– हेटौंडामा जारी क्योकुशिन कराते फुल कन्ट्याक्ट बिधामा ललितपुर जिल्ला उत्कृष्ट समुह घोषित भएको छ ।
    मकवानपुरको हेटौंडामा भएको प्रतियोगितामा पुरुष ४० केजि तौल समुहमा सुब्रेश गोले तामाङ र ६५ केजि तौलमा धादिङको बिपक्षी प्रतिद्वन्दीलाई पराजित गर्दै सागर तामाङ प्रथम भए ।
    महिला तर्फ ४० केजि तौल समूहमा भावना नगरकोटी , ४५ केजि तौलमा दिलमाया श्रेष्ठ र ५५ केजि तौलमा प्रसिका नापित सशक्त खेल प्रदर्शन गर्दै दोस्रो भएको ललितपुरबाट प्रतिनिधित्व गरेका टिम कोच ज्ञानि रत्न शाक्य र रामहरि खड्काले जानकारी दिए ।
    उक्त खेलकुद प्रतियोगितामा ललितपुरको सम्पुर्ण टिमको ब्यवस्थापन टिम ब्यवस्थापक रमेश तामाङले जिम्मेवारी लिएका थिए ।
    तामाङले ललितपुरले उत्कृष्ट नतिजा ल्याउनुमा ललितपुरको टिम कोचहरुको महत्वपूर्ण भुमिका भएको बताए ।
    बाग्मती प्रदेश भरिमा १३ जिल्ला मध्ये पुरुष तर्फ सबै भन्दा नियम र अनुशासनमा रहि सशक्त खेल प्रदर्शन गरि ललितपुरको निरोज नगरकोटी उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद रु. २० हजारबाट सम्मानित हुन सफल भएका छन् ।
    विजयी खेलाडीलाई बागमती प्रदेश खेलकुद परिषद को सदस्य सचिव दिपक लामा ले शिल्ड ,मेडल ,प्रमाणपत्र र नगद पुरस्कार सहित सम्मान गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar