सांसद हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भएको आशंका, ट्राफिक प्रहरीद्वारा छानबिन

  • कालिका खवर
  • बिहिबार, असार ४, २०८३
  • काठमाडौं । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको हुन सक्ने तथ्य फेला परेको छ।

    यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख जाँच गर्दा साम्पाङले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको देखिएको स्रोतले जनाएको छ। अभिलेखअनुसार उनले उक्त मितिमा आफ्नो श्रेणी ‘ए’ को लाइसेन्स जरिवानासहित नवीकरण गरेका थिए।

    तर त्यसपछि तोकिएको अवधिभित्र पुनः नवीकरण नगरेको भेटिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले बताएका छन्। लामो समयसम्म नवीकरण नभएको अवस्थामा प्रचलित कानुनअनुसार लाइसेन्स स्वतः रद्द हुने व्यवस्था रहेको छ।

    यस विषयमा तथ्यगत अवस्था यकिन गर्न प्रहरी प्रधान कार्यालयअन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले छानबिन गरिरहेको जनाएको छ।

    छानबिनपछि लाइसेन्सको वैधानिक अवस्था, नवीकरण प्रक्रिया तथा आवश्यक कानुनी कारबाहीबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar