नेपाल बीमा प्राधिकरण र त्रिवि तथ्याङ्कशास्त्र विभागबीच बीमा अनुसन्धानमा सहकार्य समझदारी

  • कालिका खवर
  • आइतवार, मंसिर ७, २०८२
  • काठमाडौं। नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान–प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका प्रमुख प्रभात उप्रेतीले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्झौता पत्रमा हस्ताक्षर गरे।

    अध्यक्ष शर्मा अनुसार, यस समझदारीले बीमा सम्बन्धी अनुसन्धानलाई प्रोत्साहन गर्ने र प्राधिकरणका लागि आवश्यक तथ्याङ्क जुटाउन सहयोग पुग्नेछ। उनले आगामी दिनमा द्विपक्षीय सहकार्य अझ व्यापक र प्रभावकारी हुने विश्वास व्यक्त गरे।

    त्रिवि तथ्याङ्कशास्त्र विभागका प्रमुख उप्रेतीले भने, सम्झौता अनुसंधानकर्ता र विद्यार्थीहरूलाई बीमा सम्बन्धी अनुसन्धान तथा ज्ञान आदान–प्रदानमा सहयोग पुर्‍याउने धारणा व्यक्त गरे। सम्झदारीपत्रमा बीमा नीति, पहुँच, नयाँ बीमालेख, दिगो विकासमा योगदान, सरकारी नीति र वित्तीय क्षेत्रसँग सम्बन्धित अनुसन्धानलाई अगाडि बढाउने विषय समावेश गरिएको छ।

    सम्झौता अनुसार, प्राधिकरणले अनुसन्धानका क्षेत्र पहिचान गर्ने, त्रिवि विभागले प्राधिकरणको प्राथमिकताका आधारमा विज्ञ उपलब्ध गराउने, तथ्याङ्क आदान–प्रदान गर्ने र तालिम संचालन गर्ने व्यवस्था गरिएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी, निर्देशकहरू पुजन ढुंगेल, कुन्दन सापकोटा, शाम्भ राज लामिछाने र निर्मल अधिकारी तथा त्रिवि विभागका प्रा.डा. श्रीजन लाल श्रेष्ठ र लेक्चरर अरुण यादव उपस्थित थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar