नेप्सेमा १५ अङ्कको सुधार, कारोबार ४ अर्ब नाघ्यो

  • कालिका खवर
  • मङ्लबार, मंसिर २, २०८२
  • काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार आएको छ । मंगलबार बजार १५.७० अङ्कले वृद्धि भई २,५६६.०७ विन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज कुल ४ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    आज बजारमा कुल ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर कारोबार भएको र जम्मा ५५ हजार २७७ वटा कारोबार सम्पन्न भएका छन् । आज कारोबारमा आएका कम्पनीमध्ये २०७ कम्पनीको मूल्य बढेको छ । ४४ कम्पनीको मूल्य घट्दा बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    १३ उपसूचकमध्ये सबै समूहमा आज सुधार आएको छ । विकास बैंक, होटल र लगानी समूहको मूल्यमा १ प्रतिशत भन्दा धेरै सुधार आएको छ । आज बजारमा सागर डिस्टिलरी, माबिलुङ इनर्जी, बुँगल हाइड्रो, झापा इनर्जी र बन्दीपूर केबलकारको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज साहस अग्रस्थानमा रह्यो । जसको २२ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । त्यसैगरी वरुण हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल पनि शीर्ष कारोबारकर्ताको सूचीमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar