मधेशका पूर्वमुख्यमन्त्री सिंहद्वारा सांसद पदबाट राजीनामा

  • कालिका खवर
  • सोमवार, माघ ५, २०८२
  • काठमाडौँ : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छन् । प्रतिनिधि सभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका सिंहले प्रदेश सभा सांसद पदबाट राजीनामा दिएका हुन् ।

    आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधि सभा उम्मेदवार बन्न लागेका हुन् ।

    उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाव लडेर जितेका थिए । उनलाई जनमतले मधेश प्रदेश सभामा अर्थ समितिका सभापति र पछि मुख्यमन्त्री समेत बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar