गोल्छा अर्गनाइजेसनका मालिक शेखर गोल्छा पक्राउ

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • काठमाडौं। व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।
    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट खटिएको टोलीले बिहीबार उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनलाई काठमाडौंको नारायणचौर (नक्साल) क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

    उनी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का पूर्व अध्यक्ष समेत हुन्।

    पक्राउको कारणबारे भने प्रहरीले हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar