सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • बाजुरा : जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिए । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सो उद्धार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar