मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • सिरहा : सिरहामा मोटरसाइकलको ठक्करबाट ५ वर्षकी बालिकाको मृत्यु भएको छ । चोहर्वा–सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका–३ खोरिया टोलमा भएको सवारी दुर्घटनामा स्थानीय मोहम्मद देलालकी ५ वर्षीया छोरी खजिजा खातुनको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका आज मध्याह्न करिब १२:२० बजे सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्र.२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट पैदल हिँडिरहेकी उनलाई ठक्कर दिएको थियो ।

    ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रमेश बहादुर पालको भनाइ छ । मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar