सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • बिहिबार, बैशाख १०, २०८३
  • काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भइरहेको हो । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar