नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा छु : प्रचण्ड

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौँ : नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेतृत्वको नयाँ रूप र भूमिकाको खोजीमा रहेको बताएका छन् । बुधबार नेपालमा कम्यनिस्ट पार्टीको स्थापना दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेतृत्वको नयाँ स्वरूप खोजेपनि लडाइँ भने अन्तिमसम्म जारी राख्ने बताएका छन् ।

    ‘आफै त म लिडरसीपको नयाँ रूप र नयाँ भूमिकाको खोजीमा छु, म पनि । मलाई साथ चाहिएको छ,’ प्रचण्डले भने, ‘तर, म अन्तिम समयसम्म लडाइँ चाहिँ छोड्दिनँ फेरि फेला पार्‍या जस्तो लागेको छ, म खुसी छु ।’

    अहिले पार्टीलाई पुनर्गठित गर्ने र पुनर्संरचनामा लैजाने नयाँ अवसर प्राप्त भएको पनि उनले टिप्पणी गरे ।
    ‘पार्टीलाई नयाँ नयाँ बनाउने बेला हो यो । मैले त साथीहरूसँग भनेको छु–सच्चिन चाहनेहरू हामीसँग बस्ने, नचाहनेहरू गए हुन्छ भन्या छु मैले,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar