परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता, जलवायु न्याय र सहकार्यमा जोड

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ ।

    वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।

    परराष्ट्रमन्त्री खनालले यस कठिन परिस्थितिमा माल्दिभ्स सरकार तथा त्यहाँका जनताले देखाएको सद्भाव, ऐक्यबद्धता र सहयोगप्रति हार्दिक कृतज्ञता ज्ञापन गरे ।

    सो अवसरमा दुई देशका विदेशमन्त्रीहरूबीच जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकहरूले भोग्नुपरेका साझा चुनौतीहरूबारे विस्तृत छलफल भएको थियो ।

    फोनवार्तामा क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा जलवायु न्यायको पक्षमा सशक्त आवाज उठाउन र प्रभावकारी जलवायु कार्ययोजना अघि बढाउन प्रतिबद्धता गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar