‘बफर स्टेट’को अवधारणा स्वतन्त्रताप्रेमी नेपालीका लागि सह्य छैन: जनमोर्चा

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरेबापत प्रदान गरिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ र गुणस्तरीय सूचना सुरक्षा व्यवस्थापन गरेबापत आईएसओ २७००१ः२०२२ प्रमाणपत्र प्राप्त गरेको छ । यससँगै गरिमा विकास बैंक एकैसाथ दुई वटा अन्तर्राष्ट्रिय आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सिमित संस्थाहरुको सूचीमा समावेश हुन सफल भएको छ ।

    विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमकाबीच विश्वव्यापी सर्टिफिकेसन संस्था ‘इन्टरसर्ट’को तर्फबाट लिड अडिटर रोशन श्रेष्ठले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायलाई उक्त प्रमाणपत्रहरु हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले गरिमा विकास बैंक गुणस्तरीय बैंकिङ सेवा प्रवाह र सूचना प्रविधिको सुरक्षाको सम्बन्धमा थप प्रभावकारी रुपमा अगाडि बढ्ने बताए ।

    गरिमा विकास बैंकले नेपालको बैंकिङ क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्दै देशभर १२६ शाखा कार्यालयहरुबाट करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं विश्वसनीय डिजिटल तथा भौतिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar