माछापुच्छ्रे एसआईपी योजनाको इकाइ बिक्री खुला

  • कालिका खवर
  • आइतवार, मंसिर १४, २०८२
  • काठमाडौं, १४ मंसिर । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ ।

    पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल ५ करोड इकाइ आकार रहेका छन् । कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाइ कोष प्रवद्र्धक तथा योजना व्यवस्थापकका लागि सुरक्षित राखिएको छ । जसमध्ये ७० लाख इकाइ (१४ प्रतिशत) माछापुच्छ्रे बैंकका लागि र ५ लाख इकाइ (१ प्रतिशत) माछापुच्छ्रे« क्यापिटलका लागि छुट्टाइएको छ ।

    लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतम २० लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका सबै शाखाबाट दिन सकिने व्यवस्था गरिएको छ ।

    यस योजनाको इकाइ बिक्री छिटोमा मंसिर १७ गते र ढिलोमा मंसिर २८ गते बैंकिङ समयसम्म बन्द हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल नै रहनेछ । सामूहिक लगानी कोषमा रुचि बढिरहेको बेला सार्वजनिक भएको यस योजनाले लगानीकर्तालाई नयाँ विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar