रास्वपाले आजदेखि देशभर जिल्ला अधिवेशन गर्दै, ३६ जिल्लामा एकैसाथ कार्यक्रम

  • कालिका खवर
  • शनिबार, जेष्ठ २३, २०८३
  • काठमाडौं । (रास्वपा) ले आज र भोलि देशभर जिल्ला अधिवेशन आयोजना गर्ने भएको छ। पार्टीको संगठन विस्तार तथा आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीस्वरूप अधिवेशन कार्यक्रम सञ्चालन गर्न लागिएको हो।

    पार्टीका अनुसार आज देशका ३६ जिल्लामा एकैसाथ जिल्ला अधिवेशन हुन गइरहेको छ। अधिवेशनमार्फत जिल्ला नेतृत्व चयन, संगठन सुदृढीकरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिने जनाइएको छ।

    रास्वपाले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनअघि देशका ६६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। पार्टीले अधिवेशनमार्फत तल्लो तहसम्म संगठनलाई सक्रिय बनाउँदै महाधिवेशनको तयारीलाई तीव्रता दिने जनाएको छ।

    जिल्ला अधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्र सुदृढ गर्ने तथा संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar