२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • सुर्खेत । संघ सरकारको सहकार्यमा कर्णाली प्रदेशले सार्वजनिक निजी साझेदारीमा २० मेगावाटसम्मको जलविद्युत् आयोजना आफैले निर्माण गर्ने भएको छ ।

    ‘कर्णालीको पानी–जनताको लगानी’ अभियानअन्तर्गत निर्माण हुने २० मेगावाटसम्मका जलविद्युत् आयोजना कर्णालीवासीकै सेयर लगानीबाट गर्ने प्रदेशका मुख्यमन्त्री यज्ञराज जोसीले जानकारी दिए ।

    डोल्पामा निर्माणाधीन जगदुल्ला–ए लगायत जलविद्युत् आयोजना प्रदेश सरकारकै लगानीमा गरिने भएको छ ।

    कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा सौर्य, वायु ऊर्जा, लघु तथा साना जलविद्युत् र मिनी ग्रिडमार्फत विद्युत् विस्तार गरिने उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar