केपी ओलीलाई छोयो भने कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्छ : खगराज अधिकारी

  • कालिका खवर
  • बुधबार, अशोज २२, २०८२
  • पोखरा, २२ असोज । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा गण्डकीका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कुनै कदम चालिए कास्कीले सबैभन्दा ठूलो जुलुस निकाल्ने चेतावनी दिएका छन्।

    पोखरामा आयोजित एमाले महानगर कमिटीको कार्यकर्ता भेलामा बोल्दै उनले भने, “केपी ओलीलाई छोयो वा गिरफ्तार गर्‍यो भने कास्कीले नेकपा एमाले जिन्दावादको नारा लगाउँदै विशाल जुलुस निकाल्नेछ।”

    पूर्वगृहमन्त्रीसमेत रहेका अधिकारीले २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा देशका चारै सुरक्षा निकाय “बिकेका” दाबी गर्दै गम्भीर आरोप पनि लगाए। डिपस्टेट स्टेकहोल्डरहरू र विदेशी प्रभावका कारण अहिलेको राजनीतिक संकट उत्पन्न भएको उनको भनाई छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar