मोहम्द आरिफको अध्यक्षतामा २५ सदस्यीय आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन

  • कालिका खवर
  • शुक्रबार, अशोज २३, २०८३
  • काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो ।

    काठमाडौंको अनामनगरमा आज बसेको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्द मन्सुर इन्चार्च र मोहम्मद आरिफ शाह अध्यक्ष रहने गरी कमिटी गठन भएको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् ।

    कमिटीको उपाध्यक्षमा ओसी अख्तर मन्सुर, समिम आलम मन्सुर, खैरुल्लाह मन्सुर बडे मिया, सचिवमा सैदन खातुन, अबुलैस मन्सुर, इलियास अन्सारी र कोषाध्यक्षमा इस्लामुल खातुन रहेका छन् ।

    यसैगरी कमिटीको सदस्यहरुमा जैरुलह मन्सुरी, तबरेज मन्सुरी, इस्लामुल खातुन सानो, अहमद अन्सारी, ताहिर मन्सुरी, जुल्फिकार मन्सुरी, तवारख मन्सुरी, नूर आलम मन्सुरी, इन्ताज मन्सुरी, मनान मन्सुरी, मोहम्मद आलम, अफसर शाह, अस्ताफ देवान, अमिर मन्सुरी, मजरे आलम मन्सुरी लगायतका रहेका छन् ।

    आम मुस्लिम मोर्चाका अध्यक्ष लालबाबु मन्सुरीको अध्यक्षतामा बसेको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह, महासचिव त्रिभुवन साह, प्रवक्ता सुभाष साह लगायतका विशेष सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar