अनर नेपालको चाडपर्व अफर: दैनिक उपहारसँगै ८ जना विजेतालाई थाइल्यान्ड भ्रमणको अवसर

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड अनर नेपालले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ग्राहकका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले ‘तीन चाडको बहार, अनरको साथमा उपहारै उपहार’ नामक राष्ट्रियस्तरको अभियान सुरु गरेको हो।

    सन् २०२६ अक्टोबर ४ देखि नोभेम्बर १५ (असोज १८ देखि कात्तिक २९) सम्म सञ्चालन हुने योजनाअन्तर्गत अनरका स्मार्टफोन तथा ट्याब्लेट खरिद गर्ने ग्राहकले विभिन्न उपहार जित्ने अवसर पाउनेछन्।

    कम्पनीका अनुसार योजनाअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले अनर एक्स ७ ई एक्टिभ इयरबड प्राप्त गर्नेछन्। त्यसैगरी, दैनिक तीन जना विजेताले अनर वाच २ प्रो जित्ने अवसर पाउनेछन्।

    योजनाको बम्पर उपहारअन्तर्गत अन्त्यमा छनोट हुने आठ जना भाग्यशाली विजेतालाई थाइल्यान्ड भ्रमणमा लैजाने कम्पनीले जनाएको छ।

    एसएमएसमार्फत सहभागी हुन सकिने

    यस उपहार योजनामा सहभागी हुन ग्राहकले अनरको आधिकारिक स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्नेछ। त्यसपछि मोबाइलको म्यासेज बक्समा गई `HONOR <Space> IMEI वा SN नम्बर` टाइप गरेर ३५००१ मा एसएमएस पठाउनुपर्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार ग्राहकलाई आधुनिक प्रविधिसँगै चाडपर्वको खुसी र उत्साह थप्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

    दसैँ, तिहार तथा छठको अवसरमा सार्वजनिक गरिएको यस योजनाले ग्राहकलाई अनरका उत्पादन खरिदसँगै विभिन्न उपहार तथा थाइल्यान्ड भ्रमण जित्ने अवसर प्रदान गर्नेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar